भक्तपुरः प्रेस संगठन नेपालले उपत्यकाका जिल्लामा आफ्नो संगठन पुनःगठन गरेको छ । काठमाडौं उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको संगठन पुनःगठन गरेको हो ।

पुनःगठित संगठनको भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार, काठमाडौं संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल रहेका छन् ।

उपत्यका प्रदेश कमिटीको यही माघ २४ गते कमिटीका संयोजक हेमराज सिलवालको अध्यक्षता, केन्द्रीय संयोजक गणेश बस्नेत, केन्द्रीय नेता गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाललगायतको विशेष बैठकले सो निर्णय गरेको हो ।


संगठनको यही माघ ८ गतेको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो ।

पुनःगठित जिल्लामा कमिटी विस्तारसहित सक्रियतापूर्वक गतिविधि गर्न निर्देशन दिइएको उपत्यका इञ्चार्ज प्रकाश सिलवालले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १३:३३