काठमाडौंः उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६ धर्मस्थलीबाट १ जना र काठमाडौं–१६ म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने २२ वर्षीय रमेश तामाङ्गलाई प्रदेश ३–०२–०१६ प ३८०४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।


उक्त नम्बरको मोटरसाइकल २०७७ कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले दिएको निवेदनका आधारमा मोटरसाइकल र उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौं म्हैपीबाट नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–५ घर भई हाल काठाडौं झोर बस्ने २२ वर्षीय किरण लामा, नुवाकोट दुप्चेश्‍वर
गाउँपालिका–५ घर भई हाल काठमाडौं गणेशथान बस्ने २१ वर्षीय क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका–१ घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय दिपक तामाङ्ग र बारा करैया गाउँपालिका–४ घर भई हाल तार्केश्‍वर नगरपालिका–१० बस्ने २३ वर्षीय गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्बरको मोटरसाइकल पक्राउ परकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल २०७७ असार २१ गते जिल्ला काठमाडौं तार्केश्‍वर नगरपालिका–५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको दिएको निवेदनको आधारमा मोटरसाइकल र उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १६ गते बिहीबार, २१:२०