काठमाडौंः काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने तयारी छ ।

मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता मात्रै निषेधाज्ञा लागु गर्ने गरी सोमबार नै निर्णय गरेका थिए ।

बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेको संख्या बढेको छ ।

अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी छ । सरकारले सुरुमा २०७६ साल चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो ।



प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ११:१३