काठमाडौंः मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिने भएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा जनमत पार्टीले उम्मेदवारी दिने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले बताए ।

उपनिर्वाचनमा भाग लिन जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको बताउँदै उनले भने, ‘कार्तिक २५ भित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ ।’

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।


मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीले निर्वाचन नजिते पनि पार्टीलाई अर्को निर्वाचनका लागि जित्न सहयोग पुग्ने खानले बताए ।

मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १२:१७