दाङः सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख) मा चुनावी गतिविधी सुरुवात गरिसकेको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन् ।

नेकपाले यो क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित उत्तरकुमार ओलीकी पत्नी विमला ओलीलाई उम्मेदवार चयन गरेको छ । सांसद ओलीको निधनपछि १४ मंसिरमा हुने उपनिर्वाचनमा नेकपाले उनकी पत्नी विमलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो क्षेत्रमा अर्को मुख्य प्रतिपर्धी दल नेपाली कांग्रेसले मंगलबार अपराह्नसम्म उम्मेदवार चयन गर्न सकेन ।


। फलतः नेकपाले उम्मेदवार चयन गरिसकेर चुनावी गतिविधिका लागि गाउँ पसिसक्दासम्म पनि कांग्रेसले चुनावी गतिविधि गाउँ केन्द्रीत बनाउन सकेको छैन । विगतका चुनाव हेर्दा यस चुनावी क्षेत्रमा मूलतः सत्तारूढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमा पनि यी दुवै दलले ‘सत्ता’लाई केन्द्रबिन्दुमा राखेर जनमत रिझाउने रणनीति अबलम्बन गरेका छन् ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:४३