काठमाडौंः नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
सपथ ग्रहण गरे लगत्तै स्वास्थ्य मन्त्रालय पुगेरका उनले स्वास्थ सचिव डा पुष्पा चौधरीले दिएको फाइल सदर गरेका हुन्।
मन्त्री यादवले लोक सेवाबाट सिफारिस भएका ११ औं तहका ४ जना डाक्टरको नियुक्तीको फाइल मन्त्रीपरिषदमा पठाउने फाइल सदर गरेका हुन्।
मन्त्रीले सदर गरेको फाइलमा डा हरिहर वस्ती, अनिता जिसी, निशाज्योती श्रेष्ठ र रुपेश कुमार यादवको नाम छ।
११ औं तहमा नाम निकाल्न सफल उनीहरुको नियुक्तीको निर्णय मन्त्रीपरिषदबाट हुनुपर्छ। सोही अनुसार मन्त्री यादवले मन्त्रीपरिषद बैठकमा लैजाने उक्त फाइलमा आज हस्ताक्षर गरेका हुन्।
।
संघीय समाजवादी फोरमका अध्यक्ष यादवसँगै २ मन्त्रालय सहित आजै सरकारमा सामेल भएका हुन्।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook