काठमाडौंः स्पेनिस क्लब रियल मड्रिड उपविजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रगमाथि ३–१ को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

रियलका लागि लुका मोड्रिच, रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गरे । यस्तै, क्लब ब्रगका लागि हान्स भानकेनले एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटपछि क्लब ब्रगका भानकेनले गोल गर्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।


रियल रहेको समूह ‘ए’ बाट पीएसजीले समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । पीएसजीले ६ खेलबाट १६ तथा रियलको ११ अंक रहेको छ । क्लब ब्रगले ३ तथा गालाटासारेले २ अंक जोड्दै समूह चरणबाटै बाहिरियो ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०८:३१