काठमाडौं: प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा उपसभामुख  शिवमाया तुम्बाहाम्फेले ‘कानुनमन्त्री शेरबहादुर तामाङ्ग’ भन्नुपर्ने स्थानमा ‘कानुनमन्त्री शेरबहादुर देउवा’ को सम्बोधन उच्चारण गरेपछि सांसदहरु केहि सांसद अल्मलिएका छन् भने केही सांसद हासेका थिए ।

मन्त्रालयगत शीर्षकमा छुट्टयाइएको बजेटमाथि उठेका प्रश्नको उत्तर दिने क्रम प्रतिनिधि सभामा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट कानुन मन्त्री शेरबहादुर तामाङले स्पष्टीकरण दिने कार्यक्रम थियो । उपसभामुखले तामाङ्गलाई सम्बोधन गरि रोष्टममा बोलाउने क्रममा कानुनमन्त्री शेरबहादुर देउवा भनी उच्चारण गर्दा संसद बैठक हाँशो भएको हो ।


उपसभामुख तुम्बाहाम्फेले भनिन्,‘वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर देउवालाई स्पष्टिकरणको लागि आग्रह गरिन्छ।’

पछि उपसभामुखले मुस्कुराउँदै पुन्ः सच्याएर शेरबहादुर तामाङ भनेकी थिइन्।