काठमाडौंः उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, २०:२७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook