काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण भएपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् ।

मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको उनको सचिवालयले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १४:२८