काठमाडौंः चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट पुगेको छ । गत असार मसान्तसम्म यस्तो आँकडा २४५ युनिट थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्ययोजनाअनुसार पहिलो चौमासिकमा २५ युनिट र दोस्रो चौमासिकमा १८ युनिट थप गर्ने लक्ष्य छ । यस आधारमा लक्ष्यअनुसार छ महिनामा करिब ३४ युनिट बढ्नुपर्ने थियो । कार्ययोजनामा अन्तिम चौमासमा एकैपटक १३८ युटिन विस्तार गर्ने लक्ष्य राखिएको छ ।


। अबको साढे चार वर्षभित्र प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत सात सय युनिट पुर्‍याउने योजना सरकारको छ ।

विद्युत् उत्पादन बढ्दै जाँदा विद्युत् खपत विस्तार पनि तीव्र पार्दै जाने नीति रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने कार्यक्रम अगाडि बढाएको जनाएको छ । उपभोक्ताले धेरै विद्युत् खपत गर्न लाग्दा वितरण प्रणाली अवरुद्ध हुनुले खपत विस्तारमा केही चुनौती थपिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०७:४४