काठमाडौंः इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आइतबार किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलमा पराजित नेपालले आज अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।

यी दुई टिमको खेल तेहरानस्थित पीएएस रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।

किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन रहेको छ ।

समूह ‘डी’ मा रहेको नेपालले कुनै अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ ।

किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


छनोट खेलमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४–० गोलको हार व्यहोरेको थियो ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १०:२५