एकता भनेको पानी जस्तै हो ,हाइड्रोजन र अक्सिजन छुट्टै खोजे भेटिदैन: दाहाल







राष्टिय सभागृहमा आज साँझ भएको एकता घोषणा सभामा एमाले-माओवादी एकीकृत भई पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले एकता समयको माग हो र यो कसैलाई अहंकार देखाउन गरिएको हैन, आम नेपाली जनताको माग अनुसार यो एकता गरिएको हो । चुनावमा पराजित भएका कांगे्रसहरु अत्तालिएर बढबढाउन थालेका छन् र अब नेपाली कांग्रेस प्रतिपक्ष नभई सहयोगी पार्टी हो, उनले भने। यो हाम्रो एकता भनेको मिसिएको एकता होइन , यो अन्तरघुलित एकता हो । हामी साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकतामा आवद्ध हुन आवहान तथा आग्रह समेत गर्दछौं । अबको चुनावमा दुई तिहाई होइन तीन चौथाई मत


हासिल गर्ने दाबी गरेका छन् । अब हामी समृद्ध नेपालको दिशा तर्फ बढ्ने जनाएका छन् । जसरी ठूूला जेट विमानको दुई पाइलट हुन्छन् त्यस्तै एकीकृत पछिको नेपाल कम्युनिष्ट पार्टी पनि जेट विमान हो त्यस कारण एकीकृत नेपाल कम्युनिष्ट पार्टीको पनि दुई  कमान्डार राखिएको उनले घोषणा सभामा बताए ।

त्यस्तै एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले भने, सहिद बन्न प्रतिसपर्दा गरेका योद्धा पदको लागि प्रतिसपर्दा गर्दैनन् , पार्टी एकता हुन्छ कि हुँदैन भन्दै संंका र उपसंकालाई परास्त गर्दै आज एकता भएको छ र यो एकता पानी जस्तै हो , हाइड्रोजन र अक्सिजन छुट्टै नभेटिए जस्तै हामी एक अर्कामा घुलित भएका छौँ । आगामी दिनहरुमा आम नेपाली जनताको मन र मस्तिस्क जित्नको लागि असल काम गर्न सकेनौ भने कम्युनिष्ट हुनुको अर्थ छैन । यस एकताले सुशासनको युग सुरु भएको उनले बताए ।




ताजा समाचार


विशेष समाचार