पाल्पाः पाल्पामा एकनाले भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रैनादेविछहरा गाउँपालिका–६ गुहारठाना बस्ने २१ वर्षीय तिलक बहादुर रास्कोटीलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बल्डेङगढीबाट खटिएको प्रहरीले उनलाई बाँदर धपाउन भन्दै उक्त बन्दुक लिएर हिँड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १९:००