स्याङ्जाः स्याङ्जामा एकनाले भरुवा बन्दुक सहित एक जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विरुवा गाउँपालिका–२ बेसारेडाँडा बस्ने ५० वर्षीय तुल बहादुर गुरुङ रहेका छन् ।

गुरुङको घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले गुरुङको कोठा तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, २०:२६