डोटीः डोटीमा एकनाले भरुवा बन्दुक सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोरायल गाउँपालिका–६ जारिमघाट बस्ने २५ वर्षीय प्रदिप थापा मगर र सोही गाउँपालिका सिमले बस्ने २७ वर्षीय महेश थापा मगर रहेका छन् ।
बडिकेदार गाउँपालिका–१ अलाडीस्थित मेला हेर्न गएको अवस्थामा १५ वर्षीया किशोरीलाई बुधबार राति प्रदिपले एकान्तमा लगेर जबरजस्ती करणी प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिननगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई एकनाले भरुवा बन्दुक १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १८:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook