तनहुँः घिरिङ गाउँपालिका–३ न्युपानेबाट १ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ५० वर्षीय रोम बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १५:४२