उदयपुरः उदयपुरमा एक थान एकनाले भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–१३ मयाङ्खु बस्ने ४० वर्षीय प्रकाश कुमार राना मगर रहेका छन् ।

घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १६:०८