काठमाडौंः नवलपरासीको बर्दघाट सुस्ता पुर्व मध्यविन्दु नगरपालिका–७ चोरमारा ओरालोमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

आज बिहान सवा ४ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८०७० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २० जना घाइते भएका हुन् ।

सामान्य घाइते भएका सबैलाई उपचारका लागी स्थानीय अस्पताल पठाइएको छ ।

दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १३:०६