दुई बामपन्थी दल एकीकरण घोषणामा सम्भावना बोकेका नेताहरुलाई पाखा लगाउन षड्यन्त्र भएको भन्दै नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्र असन्तुष्टि बढेको छ । दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका भीम रावल असन्तुष्ट रहेको सार्वजनिक भएको छ । रावलसंगै एमाले महासचिव रहेका ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्दै पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको खवर सार्वजनिक भएको छ ।

असन्तुष्टि सार्वजनिक गर्ने क्रममा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक संचारमाध्यमलाई अन्र्तावार्ता दिदै यो प्रकृया आफले स्वीकार नगर्ने बताई सक्नु भएको छ ।


। सूदुर पश्चिमका लोकप्रिय नेता रावलले नेकपा एमालेलाई सूदुर पश्चिममा स्थापित गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । राष्ट्र र राष्टियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमंत्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।

भारतिय प्रधानमंत्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो । अछाम जिल्लाका रावल २०३२ सालमा पढाईको शिलशिलामा राजधानी प्रबेश गरेसंगै बामपन्थी राजनितिमा सक्रिय बनेका थिए । बिधार्थी कालमा संगठन निर्माणकालागि पैदल यात्रा गर्दै नारायणघाट काठमाडौं ओहर दोहर गरेका रावललाई अखिलको नेतृत्वमा आउन नदिने षड्न्त्र भएको थियो ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका रावल नेता माधव कुमार नेपाल निकट मानिन्थे । उनी नेता नेपाल र केपी ओलीका बिचमा रहेको तिक्तता मेटाउन सफल बनेका थिए । नेता रावलकै कारण अहिले दुई जना नेताहरुका बिचमा कार्यगत एकता सम्भव भएको हो श्रोतले भन्यो । समाचार नयाँ समाचार पत्रमा प्रकाशित छ ।