काठमाडौंः एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्नेको छ।
हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । महासचिव विष्णु पौडेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नियुक्ति भएका छन् ।
हाइकमाण्ड भित्र झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, विष्णु पौडेल (महासचिव), नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा रहेका छन् ।
एकीकृत पार्टीको विधान पनि अनुमोदन भएको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook