काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५० जना, लेन उल्लंघन गर्ने २ सय ३७ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५८ जना, टिपर कारबाहीमा २१ जना, सिसिटिभीमार्फत कारबाही ५० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ८२ जना, अनावश्यक हर्न बजाउने ५८ जना, ब्हील लकबाट ८१ जना र अन्य १ हजार ३८ जना गरी जम्मा १ हजार ९ सय १ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ३९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बिहीबार १६ हजार ४ सय ८१ सवारी साधनबाट १ लाख १ हजार ३ सय ३५ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ८ सय १६ सवारी साधनबाट ९६ हजार २ सय ५ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शुक्रबार, पुस १८, ११:२९