काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय १६ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ७९ जना, लेन उल्लंघन गर्ने १ सय ७९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३२ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३६ जना, टिपर कारबाहीमा १४ जना, सिसिटिभीमार्फत कारबाही १ सय ७ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ३ सय २० जना, अनावश्यक हर्न बजाउने ४६ जना, ब्हील लकबाट १ सय १४ जना र अन्य १ हजार १ सय ८९ जना गरी जम्मा २ हजार १ सय १६ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २७ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १८ हजार ५ सय ७० सवारी साधनबाट १ लाख २४ हजार ८ सय ६३ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १८ हजार ४४ सवारी साधनबाट १ लाख १८ हजार १ सय १६ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०६:५५