काठमाडौंः विश्वमा अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरै ३ लाख ५० हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सबैभन्दा धेरै हिजो ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ५६ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।