काठमाडौंः पछिल्ला केही दिन यता विश्वमा कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४७ हजार ५२६ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७० हजार ३५५ संक्रमितको मृत्यु भइसकेको छ ।


प्रकाशित मितिः २०७७ अशोज २६, सोमवार, ०७:१४