काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार ७९ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार २ सयले घटेर ७८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ११:०१