काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

बुधबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, १०:३८