काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार १ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बिहीबार ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ हजार १ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १३:५९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook