काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ हजार १ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।
सोमबार ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ हजार १ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ११ गते मंगलबार, ११:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook