काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ हजार ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

मंगलबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ हजार ३ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, ११:०५