काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ हजार ५ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

सोमबार ९० हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ हजार ५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, ११:०३