काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ हजार ७ सय र चाँदी ४० रुपैयाँले घटेको हो ।

सोमबार ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ हजार ७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १८ गते मंगलबार, ११:००