काठमाडौंः नयाँ दिल्लीमा रहेका एक घरमा ११ जना मृत अवस्थामा फेला परेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको अवस्थामा रहेको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको हो ।

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ।

उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७स्३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेका हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको जनाइएको छ ।