काठमाडौंः नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको समाचार आजको नागरिकको आर्थिकले ग पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए ।

राष्ट्र बैंकले यसअघि पनि एकवर्षे मुद्दती खातामा कोषको रकम लगानी गर्दै आएको बताउँदै उनले भने, ‘लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्नु नियमित प्रक्रिया हो ।


। इच्छुक बैंक तथा वित्तीय संस्थालाई आवेदन खुला गरिएको छ ।’ राष्ट्र बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती खातामा राख्न लागेको उनले जानकारी दिए ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०७:४१