काठमाडौंः अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ ।

बुधबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज २–० ले जितेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्दै सिरीज आफ्नो पक्षमा पारेको छ ।

दक्षिण अफ्रिकाका लागि जन्नीमन मालनले अविजित १ सय २९, हेन्रिच क्लासेनले ५१, जेजे स्मुट्सले ४१ र डेभिड मिल्नरले ३७ रन बनाए ।

अष्ट्रेलियाका एडम स्मिथले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो ।


अष्ट्रेलियाका आरोन फिन्च र म्याथ्यु सर्टले समान ६९र६९ रन बनाए । मिचेल मार्शले ३६ रन जोड्दा डेभिड वार्नरले ३५ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ६ विकेट लिए । यस्तै एनरिच नोर्जीले दुई विकेट लिए ।

पहिलो खेलमा दक्षिण अफ्रिका ७४ रनले विजयी भएको थियो ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, १०:२८