काठमाडौंः आज दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद बैठक एक घण्टा सारिएको छ ।

अब मन्त्रिपरिषद बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

नेकपा सचिवालय बैठक अहिले १ बजे बालुवाटारमा बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक बस्न लागेको हो ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १२:५८