काठमाडौँ: नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी पदाधिकारी बैठक मंसीर १४ मा हुने उपनिर्वाचनमा केन्द्रीत रहेको हो। शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले एकता र उत्साह साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार केन्द्रीय नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका ठाउँठाउँमा चुनावीसभा गरिने छ।


।यता शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तय गरिएको शर्माले जानकारी दिए ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् ।


प्रकाशित मितिः कार्तिक २३, शनिवार, १४:४९