काठमाडौंः धुलिखेलमा कार रेसिङ खेलमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ रहेका छन् ।

कक्षा ९ मा पढ्दै आएका उनी शनिबार साथीहरुसँग धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा गएका थिए । त्यहाँ भाडाको कार कुदाउँदै गर्दा स्टलमा ठोक्किएपछि आगलागी भई उनी आगोमा जलेका थिए ।

उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियाे । साे अस्पतालबाट थप उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गरिएको थियो र त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १८:२६