पाल्पाः पाल्पाको तानसेनमा शुक्रबार बेलुका एक युवक मृत अवस्थामा भेटिएका छन ।
सिन्धुली जिल्ला क्यालेश्वर गाउँपालिका ६ रामनन्ध दशघर स्थाइ ठेगाना भएका १९ बर्षिय सुमन थापा मृत अवस्थामा फेला परेका हुन् ।
उनी तानसेन नगरपालिका ५ मा डेरा गरी बस्दै आएका थिए ।
शव डेरा नजिकै मृत अवस्थामा भेटिएको र मृत्युको कारण नखुलेको हुँदा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook