काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार र चाँदी ३० रुपैयाँले घटेको हो ।

बुधबार ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ हजार रुपैयाँले घटेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २० गते बिहीबार, १०:५७