सुनसरीः धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १३:१५