काठमाडौंः काठमाडौं दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरीले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो ।

परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए । उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए ।

विगत केही वर्षयता चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।


उनको साथमा १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ०८:३६