काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

मंगलबार राति बार्सिलोना र एट्लेटिकोले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १२ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाको आत्मघाति गोल गरेसँगै बार्सिलोनाले अग्रता बनाएको थियो । १९ औं मिनेटमा साउल निगाजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए । ५० औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासँगै बार्सिलानाले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।


बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

अन्य खेलमा सेभिलाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राख्यो । मालोर्काले सेल्टा डी भिगोमाथि ५–१ को जित निकाल्दै रेलिगेशनबाट जोनबाट आफुलाई बाहिर निकाल्न प्रयासरत रहेको देखायो ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, ०८:१६