काठमाडौंः बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
प्रस्थान गर्नेमा प्रशिक्षक धनीराम चौधरी तथा पुरुष खेलाडी किरणसिंह बोगटी र महिला खेलाडी पुष्पा भण्डारीरहेका हुन् ।
जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा बोगटी र महिलामा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा बोगटीले स्वर्ण तथा महिलाले रजत जितेका थिए ।
टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे ।
।
प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २०:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook