काठमाडौंः एथ्लेटिको बिल्बाओलाई हराउँदै सेभिल्ला च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ ।

बिहिबार राति भएको खेलमा सेभिल्लाले बिल्बाओमाथि २–१ को पूनरागमन जित निकाल्देै छनोटको नजिक पुगेको हो ।

सेभिल्लाका लागि इभर बनेगा र मुनिर इएल हाडडाडीले एक एक गोल गरे । यस्तै, बिल्बाओका लागि एन्डर कापाले एक गोल गरे ।

खेलको २८ औं मिनेटमा कापाले गोल गर्दै घरेलु टोली बिल्बाओलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा इभर बनेगाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७४ औं मिनेटमा मुनिरले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल नभएपछि सेभिल्ला विजयी भयो ।


जितसँगै चौथो स्थानमा रहेका सेभिल्लाको ३५ खेलबाट ६३ अंक पुगेको छ । जुन पाँचौ स्थानको भिल्ला रियलको भन्दा ६ अंकले बढी हो । पराजित बिल्बाओ ४८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०९:०४