काठमाडौंः एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ ।

आइतबारर राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो ।

एट्लेटिकोका लागि डिएगो कोस्टाले एक गोल गरे । यस्तै, बिल्बाओका लागि इकर मुनियनले एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३९ औं मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ । एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ । ३८ अंक जोडेको बिल्बाओ लिगको दशौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, १०:१२