काठमाडौंः एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा आएको तीन वर्ष पुरा गरेको छ ।

क्यापिटलले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जसअन्तर्गत फागुन २२ गतेदेखि २०७७ आषाढ मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै क्यापिटलले फागुन २२ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सञ्चालनमा आएको छोटो समयमा नैं मर्चेण्ट एण्ड बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ ।


मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिस्पर्धामा रहँदा समेत एनआईसी एशिया क्यापिटल सञ्चालनमा आएको तीन वर्षको छोटो अवधिमा यस्ता उपलब्धी हासिल गर्न सफल भएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरु:

  • मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
  • निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
  • लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
  • नेपालमै पहिलो पटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल ।
  • सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
  • शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
  • म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।

प्रकाशित मितिः शुक्रबार, फागुन २३, १०:५५