काठमाडौंः एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरु ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्विज’ योजना सार्वजनिक गरेको छ ।

यस बैंकका ग्राहकहरूले यस बैंकको भाइवर कम्युनीटि मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सकिनेछ । यस मार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी ग्राहकहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ ।

यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरु विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ ।


। बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिर्जाजर को तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पाल्सोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुदा को तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू। ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको ‘एनआईसी एशिया क्विज’ योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।


प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७, १६:०५