काठमाडौंः एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना सार्वजनिक गरेको हो ।

बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।


यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रुपैयाँ रहेको छ । ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनाको समयावधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन् ।

उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।

यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यकता अनुसारको रहेको यस मुद्दति निक्षेप योजनालाई ग्राहकवर्गहरुले रुचाउने विश्वास बैंकले लिएको छ ।

यस योजना अन्तगर्तत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त मुद्दति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नेछन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १९:१८