काठमाडौंः गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरु ल्याउने क्रममा बडादशैंं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत बजार इन्फिस्टोर कलमार्ट जस्तै ई–कमर्शबाट बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने छ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरुबाट जुनसुकै सामग्रीहरु खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।


पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरुको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal and Gyapu Marketplace मा २० प्रतिशत वा रु. २००० सम्म, Kalmart मा २५ प्रतिशत वा रु. १५०० सम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा रु. १००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।

यस बैंकमा आबद्ध ग्राहकहरुले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरुबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सकिने छ । चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरुसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरुले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ ।

साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन अनुरोध गरेको छ ।

 


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:१४